आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।
‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लो स्तरका देख्छु, त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ– प्रधानमन्त्री ओलीले भनेका छन् ।
बुधबार साँझ प्रशारित ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ मा प्रस्तोताले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने– ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्दछु ।’ त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गरेका हुन् कि होइन भन्ने बारेमा आफूले सोध्न चाहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
उनले भने– ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ, त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो ।’ प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति बारेको यो खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।