त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्रा.डा. लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियमविपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ ।
विभागीय प्रमुखको हैसियतमा रहँदा उप्रेतीले त्रिवि कार्यकारी परिषदको स्वीकृति नलिई यूएसएआईडी र त्रिविको लोगो प्रयोग गरेर पदको दुरुपयोग गरेका हुन् ।
आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्क्लुजन इन नेपाल’ नामक तीनवर्षे परियोजनामा उप्रेतीले सम्झौता गरेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।