राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।
कतार एयरवेजको ‘भीभीआर्इपी उडान’ बिहान ११ः०८ मा अवतरण भएकामा त्यसपछिका उडान २ घन्टासम्म ‘डिले’ भएका हुन् ।
उक्त विमान काठमाडौंमा १०ः०८ मा अवतरण गर्ने भनिएकामा आधा घन्टा ढिलो भएको थियो । त्यसपछि आधा घन्टाका लागि सबै व्यावसायिक उडान रोकिएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।