newskoseli.Com

रेल किन्दै नेपाल, अब गुड्नेछ आफ्नै रेल !

नेपाल सरकारले आफ्नै रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।

भारतीय सहयोगमा निर्मित ३४ किलोमिटर दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर सञ्चालन गर्ने तयारी थियो ।

‘मंसिरमा रेल चलाउने तयारी थियो तर रेल नहुँदा समस्या भयो,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने– ‘रेल लिजमा लिने कि किन्ने भन्नेबारे हामी अलमलमा थियौं, अब आफैं रेल किन्ने निर्णय भएको छ त्यसैले रेल सञ्चालनमा केही ढिलाइ भएको हो ।’

मन्त्रालय मातहत सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाबारे जानकारी दिन बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय बैठकमा मन्त्री महासेठलाई बोलाइएको र उनले त्यहाँ यी जवाफ दिएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर