newskoseli.Com

अनुसन्धान भन्छ– ‘निर्मलामाथि सामूहिक बलात्कार’ : महेन्द्रनगरका ४ युवा ल्याइए काठमाडौं

बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरिएको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

प्रारम्भिक आधार भेटिएको भन्दै सीआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाइएका सीआईबीका अंगुर जीसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डीएसपी कमल थापको टोलीले महेन्द्रनगर, भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चार जनालाई पक्राउ गरेको हो ।

समूहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै प्रहरी वृत्त महाराजगञ्जको थुनामा छन् । ‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ त्यसैले पाँच जनालाई हिरासतमा लिएका छौं, अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौं’– एक प्रहरी अधिकारीले भनेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर