newskoseli.Com

ओलीको ‘कार्यशैली’ : प्रचण्ड पनि असन्तुष्ट !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ ।

पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्त्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरु समेत असन्तुष्ट देखिएका छन् ।

ओलीले पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेका छन् ।

‘ओली कार्यशैली’ बाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सन्तुष्ट नरहेको स्रोत बताउँछ । छलफल नै नगरी महत्त्वपूर्ण विषयमा एक्लै निर्णय गर्ने ओलीको कार्यशैलीप्रति संकेत गर्दै दाहाल निकट एक नेताले भने– ‘पछिल्लो समय उहाँ (ओली) को कार्याशैलीमा समस्या देखिन थालेको छ, उहाँको कार्यशैलीप्रति अध्यक्ष प्रचण्ड पनि असन्तुष्ट हुनुहुन्छ ।’

सांगठनिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालनका विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा पार्टी गतिविधि ठप्प भएको नेताहरुको आरोप छ । हालै काठमाडौंमा आयोजना गरिएको ‘एसिया प्यासिफिक सम्मेलन’ मा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ ।

पार्टीमा छलफल नै नगरी उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका कारण प्रचण्ड पनि असन्तुष्ट रहेको स्रोतले बताएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर