newskoseli.Com

कस्ती छन् ‘मिस वर्ल्ड’ प्रतिस्पर्धी शृङ्खला ? के–कस्ता छन् उनका उपलब्धि ?

अहिले सान्या, चीनमा भैरहेको ‘मिस वर्ल्ड’ को ६८औं संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला खतिवडा हालसम्म सहभागी नेपाली ‘सुन्दरी’ का दाँजोमा सफल देखिएकी छन् ।

अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली ‘सुन्दरी’ हरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै इतिहासमा उनी जारी ‘मिस वर्ल्ड’ प्रतियोगितामा विभिन्न मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छन् । मल्टिमिडिया विधामा उनले जापान, रुस, केन्या, मेक्सिकोजस्ता धेरै देशका ‘सुन्दरी’ हरुलाई पछाडि पारिदिइसकेकी छन् ।

डिसेम्बर ३ अर्थात सोमबार साँझ आयोजित ‘मिस वर्ल्ड’ को अर्को विधा ‘ब्युटी विथ अ पर्पोज’ का लागि सिङ्गापुर, जापान, इटाली, रुसलगायत दर्जनौं मुलुकका ‘सुन्दरी’ हरुका दाँजोमा उनको प्रस्तुति अब्बल भएकै कारण उनी यस विधामा पनि बिजेताको हकदार भइन् ।

यिनै विधाको विजेताका रुपमा शृङ्खला ‘मिस वर्ल्ड’ को टप– ३० मा स्थान बनाउन सफल भइन् । ‘ब्युटी विथ अ पर्पोज’ का लागि उनले आफ्नो गृहजिल्लाको वृत्तचित्र प्रस्तुत गरेकी थिइन् । उनी दुई विधामा विजयी भैसकेकी छन् भने एक विधामा दोस्रो भर्इ उपविजेता बनेकी छन् र अर्को विधामा पनि राम्रो स्थान हासिल गर्न सफल भएकी छन् ।

यस दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा सन् २०१८ को ‘मिस वर्ल्ड’ प्रतियोगिता नेपालका लागि विशेष र उल्लेखनीय रहेको मान्न सकिने खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर