newskoseli.Com

सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, ‘पोर्न साइट’ मै समेत अपलोड गरिदिन्छन्…

टेकुमा एउटा सानो त्रिपालभित्र छ अपराध महाशाखाको साइबर क्राइम फाँट । अचेल त्यहाँ दिनभर तनाव हुन्छ । सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ । साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना ‘पीडित’ उजुरी लिएर आइपुग्छन् ।

उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन् । धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आर्इडीमार्फत ‘ब्ल्याकमेल’ गर्नेहरू छन् । पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ । तर, गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन ।

त्यसैले सबै दुर्व्वहारका उजुरी आइपुग्ने अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन् । तीन वर्षयता सामाजिक सञ्जालबाट हुने हिंसाको दर वार्षिक दोब्बरले बढ्दै गएको छ । ‘फेसबुक मेसेन्जरबाट पीडित हुने धेरैजसो किशोरी छन् । उनीहरूले आफ्नो जीवन समेत राम्ररी नबुझी हिंसाको शिकार हुनुपरेको छ,’ उप्रेती भन्छन्– ‘सामाजिक सञ्जालबाट हुने हिंसाको दर डरलाग्दो छ । यसलाई न्यूनीकरण गर्न साइबर ब्युरो बनाएर सातै प्रदेशमा पुर्‍याउनु जरुरी छ ।’ काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लासम्म मात्रै महाशाखाको पहुँच छ ।

सम्बन्ध बिग्रेपछि गडबडः अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालमार्फत दुःख दिनेमा नातेदार र चिनेजानेकै बढी छन् । महाशाखामा पुग्ने अधिकांश किशोरी र युवती विगतमा निकट सम्बन्ध भएका र आफन्तबाटै पीडित हुन्छन् । सम्बन्धमा रहँदा खिचिएका फोटो र भिडियो सम्बन्ध अन्त्य भएपछि ‘ब्ल्याकमेल’ गर्ने औजार भएका छन् । कतिले त ‘पोर्न साइट’ मै भिडियो अपलोड गरिदिने खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर