newskoseli.Com

मानवतस्करीमा आरोपित राजदूत प्रष्टीकरण दिन काठमाडौंमा, दोषी भेटिए बर्खास्त हुने

आर्थिक लेनदेनसम्बन्धी विवाद (प्रकारान्तरले मानवतस्करी) मा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ ।

परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङछु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले भने– ‘हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’

मन्त्रालयले छानबिन गरिरहेका कारण यसबारे थप भन्न नमिल्ने ढकालको भनाइ थियो । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख मणि भट्टराईको नामबाट स्पष्टीकरणका लागि शेर्पालाई चिठी पठाइएको छ । शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो ।

‘शेर्पालाई फिर्ता बोलाइएको होइन तर उहाँको गल्ती प्रमाणित भयो भने बर्खास्त गर्छौं, उहाँ अस्ट्रेलिया जान पाउनुहुन्न’– परराष्ट्रका एक अधिकारीले भने । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छन् ।

चालक शेर्पाले भने लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र परिवारलाई अस्ट्रेलिया लैजान १० लाख रुपैयाँ मागेको आरोप लगाएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर