पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मकैको च्याँख्ला, कोदाको पीठो र गुन्द्रुक उपहार पाएका छन् ।
पाँच दिनका लागि खोटाङ आएका नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक तथा पूर्वप्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो ।
खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका वडा नम्बर ५, लफ्याङका वडाध्यक्ष निर्मल राईले मकैको च्याँख्ला, श्रीमावि बास्बोटेका प्रधानध्यापक जसराज किराँतीले गुन्द्रुक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राईले कोदाको पीठो उपहार दिएका हुन् ।
शनिवार बिहान दित्तलेस्थित हाटडाँडामा भएको कार्यक्रममा पछिल्लो समय गाउँघरमा उत्पादन भएका यस्ता कृषिजन्य वस्तुको औचित्य घट्दो अवस्था रहेको भन्दै भट्टाईलाई यस्तो उपहार दिइएको वडाध्यक्ष राईले जानकारी दिएको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।