भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा संयुक्त रुपमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।