newskoseli.Com

सेनामा सानालाई ऐन, ठूलालाई चैन ! पहुँचवालाले नियम तोड्दा अवसर, सानाले तोडे बर्खास्त…

नेपाली सेनामा कार्यसम्पादन, सरुवा, बढुवासम्ममा ‘ठूला’ र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ ।

तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा समेत कारबाही नहुने गरेको स्थिति सेनाभित्र देखिएको छ ।

नेपाली सेनाले कही दिनअघि मात्र तीन अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको थियो । त्यसमा दोषीहरुबाट करिव साढे ३ करोड बिगो उठाउने निर्णय भएको थियो । ‘कोर्ट अफ इन्क्वाइरी’ को सिफारिससँगै उपरथीको अध्यक्षतामा बनेको जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) मार्फत गरिएको कारबाहीमा पनि ‘ठूला’ र पहुँचवालालाई जागाइएको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर