newskoseli.Com

३ पत्नीसँग एकै दिन सम्बन्ध–विच्छेद ! तेस्रो बिहे गरेर थुनामा…

बाँकेको विकट नरैनापुर गाउँपालिका– १, मतनियाँका ५१ वर्षे नुर मोहम्मद खाँले एकै दिन तीन पत्नीसँग सम्बन्ध–विच्छेद गरेका छन् ।

देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई ‘तलाक’ दिएका हुन् ।

खाँले तीनै जना श्रीमतीलाई सम्बन्ध–विच्छेद दिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पुष्टि गरे। ‘दुई वटी पत्नी हुँदाहुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो,’ शाहले भने– ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो ।’

खाँका जेठी र माइली पत्नीबाट ६–६ वटा गरी १२ सन्तान छन् । उनले कात्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग ‘प्रेमविवाह’ गरेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर