newskoseli.Com

‘सुधारगृह’ मा पनि ‘यौन दुराचार’ !

राजधानीको सुकेधारास्थित ‘ट्रान्स्फरमेसन नेपाल’ नामक ‘सुधारगृह’ मा यौन दुराचार हुने गरेको खुलेको छ ।

अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त ‘सुधारगृह’ बाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धार समेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि ‘सुधारगृह’ मा यौन दुराचार समेत हुने गरेको खुलेको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले ‘सुधारगृह’ का कर्मचारी ३६ वर्षीय सुदीप ढुंगानलाई फक्राउ गरेको छ । ९ महिनादेखि ‘सुधारगृह’ मा रहेका १४ वर्षीय बालक र २१ वर्षीय युवकलाई उनले यौन दुराचार गर्दै आएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर