newskoseli.Com

अढार्इ करोड गुमाएर फर्किए अमेरिका हिँडेका यी युवा !

करिव एक वर्षअघि अमेरिका हिँडेका दुई युवा साढे दुई करोड रुपैयाँ सकेर रित्तो हात नेपाल फर्किएका छन् ।

दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया र क्युबा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजाय समेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।

रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज, ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आशमा उनले ४८ लाख ५० हजार रुपैयाँ सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युबाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिट्स आइल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् ।

टिट्स आइल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आशमा उनको पनि ४७ लाख २३ हजार रुपैयाँ सकिएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर