newskoseli.Com

बच्चा जन्माएर आमाले नै डोकोमा राखेर फाल्न थालेपछि…

खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छन् ।

खाँदबारी– ६, मयमकी ३७ वर्षीया फूलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनको पति टंकमान राईको केही वर्षअघि नै मृत्यु भएको थियो । फूलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको समाचार मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर