newskoseli.Com

घुमुवा यी कर्मचारी : २ महिनामै ९ सयले गरे विदेश भ्रमण !

सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमण तीव्र बनाएका छन् ।

निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सूची संकलन गरेको हो ।

पछिल्लो दुई महिना– असोज र कात्तिकमा मात्र ९ सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा गएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । ‘असोज र कात्तिकमा विदेश भ्रमण गर्ने कर्मचारीको अन्तिम सूची एक–दुई दिनमै तयार पार्नेछौं,’ स्रोतले भन्यो– ‘पछिल्लो दुई महिनामा विदेश जानेको संख्या नौ सयभन्दा बढी देखिएको छ ।’

राज्यकोषको दोहन गर्दै व्यक्तिगत लाभ र सानका निम्ति अनावश्यक विदेश भ्रमण गरिरहेका कर्मचारीहरुको हर्कतबारेको यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर