newskoseli.Com

संसद सचिवालयमै अख्तियारको छानबिन : कानुनविपरीत २ करोड खर्च

सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिव २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन अख्तियारले सचिवायलमा पत्र काटेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल, सचिव राजेन्द्र फुयाँलसहित समितिका सभापतिको कार्यकक्ष निर्माण गर्न खरिद ऐनविपरीत सचिवालयले १ करोड ८५ लाख रुपैयाँ खर्च गरेको बारे अख्तियारले संसदलाई दोस्रो पत्र काटेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर