newskoseli.Com

‘हिन्दू राज्य’ बनाउने भन्दै कांग्रेस बैठकमा खुलेरै बहस

नेपाली कांग्रेसको बैठकमा नेपाललाई हिन्दु राज्य बनाउनेबारे पार्टीको बैठकमै बहस सुरु भएको छ ।

केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेताहरुले हिन्दू धर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाडौंमा हुन लागेको महासमितिको बैठकमा समेत प्रवेश पाउने सम्भावना बढेको छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर