newskoseli.Com

झन्डै २ सय कानुन एकै पटक संशोधन हुँदै

हालसम्म मुलुकमा निर्माण भएका कूल ३ सय ९३ कानुनमध्ये आगामी ३ महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकै पटक संशोधन हुने भएका छन् ।

संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसदको बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले एकै पटक यति ठूलो संख्यामा कानुन संशोधन हुन लागका हुन् । नेपालको इतिहासमै एकै पटक यति धेरै संख्यामा कानुन संसोधन हुन लागेको यो नै पहिलो घटना हो ।

मुलुक पहिलो पटक संघीय राज्य व्यवस्थामा गएको र समावेशी समानुपातिक लगायतका विषयलार्इ समेत सबै कानुनले सम्बोधन गर्नुपर्ने भएकाले सरकारले कानुन संसोधनको तयारी सुरु गरेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर