newskoseli.Com

देउवा–पौडेलबीच पर्‍यो यस्तो चर्काचर्की ! शनिबार सुरू हुँदै महासमिति बैठक

महासमिति बैठकको पूर्वसन्ध्यामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ ।

महासमितिको बैठक शनिबार राजधानीमा सुरु हुँदैछ । केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टी पराजित हुनुमा सभापति देउवाको कार्यशैली मुख्य जिम्मेवार रहेको ठहर्‍याउँदै आलोचना गरेका थिए ।

उनले देउवा नेतृत्वको सरकार, संसद् र पार्टी कमजोर बन्दा र सभापतिको कार्यशैली राम्रो नहुँदा पार्टी लथालिंग बनेको उल्लेख गर्दै समग्र पक्षको ‘पोस्टमार्टम’ गर्नुपर्ने बताएका थिए । पौडेलले यस्तो आरोप लगाए लगत्तै सभापति देउवा पौडेलप्रति खनिएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर