newskoseli.Com

८० प्रतिशत भत्ता माग्दै संसदका कर्मचारी ‘आन्दोलन’ मा

तलब बाहेक ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौटी गरिएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीको आन्दोलनकै कारण शुक्रबारका लागि तय भएको १२औं संसद् दिवसको कार्यक्रम समेत स्थगित गरिएको छ । संसदका कर्मचारीले गत साउनसम्म तलब बाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका बेला कामको चाप भएको भन्दै उनीहरुलाई भत्ता र खाना खर्चको व्यवस्था गरिएको थियो ।

तर, अहिले कामको चाप सामान्य भएको भन्दै सरकारले गत साउनदेखि भत्ता कटौती गरेको थियो । त्यसबाट असन्तुष्ट कर्मचारी आन्दोलमा उत्रिएको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर