newskoseli.Com

प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब : नेकपाभित्र गम्भीर छलफल हुँदै

सरकारले पार्टीको घोषणापत्र एवं जनअपेक्षा अनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ ।

शनिबार सुरु हुने स्थायी कमिटीको बैठकमा असन्तुष्ट नेताहरुले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने स्थायी कमिटीको तेस्रो बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ ।

सरकारले जनअपेक्षाका साथै पार्टीको घोषणापत्र अनुसार काम गर्न नसकेको नेकपाका स्थायी कमिटी सदस्य गणेश साहले बताए । पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेको र सरकार सञ्चालन पनि राम्रोसँग नभएको बताउँदे बैठकमा गम्भीर छलफल हुनेउनले बताए ।

‘बैठक हुन्छ तर छलफल नै हुँदैन,’ उनले भने– ‘नियमित बैठक बस्नुपर्छ, गम्भीर छलफल हुनुपर्छ ।’ पार्टी प्रदेश संगठन निर्माणको मापदण्ड तथा त्यसका कार्यबारे स्पष्ट पार्नुपर्ने समेत उनको माग रहेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर