newskoseli.Com

बिहानको खाजा र खाना पार्टीको, बेलुकाको खाना र बास आफ्नै : कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको विधान अनुसार हरेक वर्ष हुनुपर्ने महासमितिको बैठक ६ वर्षपछि शनिबार सुरु हुँदै छ ।

यसअघि ०६९ चैतमा महासमितिको नवौं बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि पहिलो पटक बैठक हुन लागेको हो ।

नेतृत्व बदल्ने बाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्त्वपूर्ण मानिन्छ । महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ । महासमितिको दुईतिहाइले विधान संशोधन पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा समेत तय गर्नेछ । कांंग्रेसले एक करोड खर्चमा महासमितिको बैठक सकाउने अनुमान गरेको छ ।

बिहान ८ बजे खाजा र दिउँसोको खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ । तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैं गर्नुपर्छ । बिहान खाजाको मेन्युमा चिया र बिस्कुट राखिएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर