newskoseli.Com

‘बंकर’ माथि चियाबगान : नमूना बन्यो काभ्रेको कामीडाँडा

मर्दनसिंह लामा पूर्वलडाकु हुन् । उनी प्रेम भन्ने भूमिगत नामले परिचित थिए । माओवादी जनयुद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे ।

युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन् । अहिले उनी चियाखेती गर्छन् । काभ्रेको बेथानचोक गाउँपालिका– ५ मा पर्छ कामीडाँडा । द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो । नेपाली राजनीतिलाई प्रभावित गर्ने घटना धेरै पटक यहींबाट निर्देशित भए । जनमुक्ति सेनाले यसलाई भूमिगत तालिम केन्द्रका रूपमा प्रयोग गर्थे ।

जताततै बंकर खनिएका थिए । शान्ति प्रक्रिया सुरु भएपछि माओवादीको पहिलो केन्द्रीय बैठक यहीं बस्यो । त्यसपछि यो ठाउँको राष्ट्रियरूपमै चर्चा हुन थाल्यो । सेना समायोजनअघि तेस्रो डिभिजनको शिविर यहीं राख्ने प्रस्तावपछि यो थप चर्चित बन्यो ।

तर, शान्ति प्रक्रियापछि मर्दनसिंहको झैं कामीडाँडाको परिचय पनि फेरिएको छ । युद्ध सकिएको १२ वर्ष नाघ्दा युद्धभूमि कृषिभूमिमा फेरिएको छ । बुट बजारेर परेड खेल्ने चौरमा चियाका बोट रोपिएका छन् । बंकरमाथि हराभरा बगान छ ।

बन्दुक बिसाएकाहरूले कोदालो समातेका छन् । अब यहाँ राजनीतिक बहस र बैठक हुँदैनन् । ‘अब त कृषिक्रान्तिका लागि छलफल हुन थालेको छ’– मर्दनसिंहले बताएको यो खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर