newskoseli.Com

घरधनी सांसदहरु धमाधम बुझ्दै सरकारी घरभाडा !

राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर महिनैपिच्छे संसद् सचिवालयबाट घरभाडा वापतको रकम लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता समेत छन् ।

मन्त्री क्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिइरहेका छन् । भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका– २७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्री बनेका उनको काठमाडौंमा सगोलमा घर छ । तर, उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् ।

संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातमा पठाइदिने गरेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर