newskoseli.Com

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु, दर्जनभन्दा बढी गम्भीर बिरामी

कर्नाटकको चमराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ को मृत्यु भएको छ भने दर्जन बढीको स्थिती गम्भीर छ ।

मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ । घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको हो ।

प्रसाद नखाने मरिअप्पा नामका एक व्यक्तिले भने– ‘हामीलाई पूजापछि गोलभेंडा र भात खान दिइएको थियो । भात गन्हाइरहेको थियो । जसले यसलाई फ्याँके, उनीहरु ठीक छन् तर जसले यो खाए, उनीहरुलाई बान्ता हुन थाल्यो र पेट दुख्न थाल्यो ।’

स्थिति यस्तो छ कि प्रसाद खाने कागको समेत मृत्यु भएको छ । मैसुरु रेन्जका आर्इजीपी एचसी शरत चन्द्रले बीबीसी हिन्दीलाई भने– ‘मृत्यु हुने ११ जनामा तीन महिला समावेश छन् । हानुर, कोल्लेगल र मैसुरुका अस्पतालामा लगभग ७० लाई भर्ना गरिएको छ ।’

पुलिसले घटनास्थलबाट स्याम्पल लिएर फोरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ । मृत्युको कारण किटनाशक हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर