newskoseli.Com

अमेरिकासँग नेपालको उच्चस्तरीय वार्ता : समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

नेपाल र अमेरिकाबीच १६ वर्षपछि उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् ।

भ्रमणकै अवसरमा बस्ने परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ । लामो समय छिमेक (भारत र चीन) मामिलामा केन्द्रित भएको नेपालले कूटनीतिक दायरा फराकिलो बनाउँदै छ ।

भारत र चीनबाहेक जापान र मंगोलिया भ्रमण गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतबार राति अमेरिकाको औपचारिक भ्रमणमा जान लागेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर