कम्पनीमा दर्ता नहुने यातायात संघ–समिति मातहत रहेका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन सरकारले शनिबारदेखि लागू हुने गरी फेरि तीन महिना म्याद थप गरेको छ ।
कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा सरकारले फेरि दोस्रो पटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो ।
अनेक बहानाबाजी गरेर सिन्डिकेटको बलमा यातायात व्यवसायीले सरकारलाई झुकाउँदै बारम्बार म्याद थप गर्न सफल भइरहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।