अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ ।
यसको क्षमता छ १८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ भएको छ । यहाँ अहिले ३३ जना छन् ।
विगतको तुलनामा यो संख्या अत्यधिक हो । पछिल्लो समय ‘स्टिङ अपरेसन’ लाई तीव्रता दिइएका कारण हिरासत भरिएको अख्तियारको भनाइ रहेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।