newskoseli.Com

विमानस्थलबाटै किन फर्काइए मलेसिया उड्न लागेका २९ जना ?

कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थल अध्यागमनले शुक्रबार फिर्ता पठाइदिएको छ ।

श्रम स्वीकृति नलिर्इ गएका उनीहरुलाई अध्यागमनले नाम र पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको हो ।

वैधानिक कागजात नपुर्‍याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ ।

मलेसियाको कामदार भिसासहित पासपोर्ट लिएर गएका चार जनालाई अध्यागमनले बिहीबार पनि फर्काइदिएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर