newskoseli.Com

कांग्रेसको बन्दसत्रमा ‘धर्म–बहस’ : हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर संकलन

कांग्रेस महासमितको जारी बैठकमा धर्मको विषयले जबर्जस्त प्रवेश पाएको छ । आइतबारको बन्दसत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’ को विरोध गरे ।

धर्मनिरपेक्षताप्रति महामन्त्री डा. शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो ।

आफूले यसबारे महासमितिको बैठकमा पनि बोल्ने महामन्त्री कोइरालाले बताए । कांग्रेस हिन्दू राष्ट्रका पक्षमा उभिनुपर्ने भन्दै बैठकस्थल बाहिर महासमितिका सदस्यहरुको हस्ताक्षर संकलन थालिएको छ ।

हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरमा मेयर उम्मेदवार राजुराज जोशीले गरिरहेका छन् । सोमबारको बैठकमा लिखित रूपमै हस्ताक्षर पेस गर्ने तयारी रहेको उनले बताए । हस्ताक्षर गर्नेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारीलगायत छन् । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । आइतबार साँझसम्म ६ सय नेताले हस्ताक्षर गरिसकेका छन् ।

महासमितिमा पेस भएको राजनीतिक प्रस्तावमा धार्मिक स्वतन्त्रताको मुद्दा समेटिनुपर्ने भनी बिहीबार केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र उपसभापति विमलेन्द्र निधिबीच भनाभन भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर