newskoseli.Com

सौन्दर्य प्रशाधनका नक्कली सामानको बजारमा बिगबिगी

खाद्य वस्तुसरह सौन्दर्य प्रशाधनका सामग्रीहरु पनि बजारमा छ्याप्छ्याप्ती नक्कली रहेको पाइएको छ ।

बहुराष्ट्रिय कम्पनीहरुबाट ट्रेडमार्क चोरीको उजुरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि बजारमा रहेका धेरै सामग्री नक्कली रहेको पुष्टि भएको हो ।

‘उजुरीको आधारमा विभिन्न स्थानमा छापा मारेर बिल भर्पार्इ समेतका आधारमा अनुसन्धान गर्दा ट्रेडमार्क चोरी गरिएको पाइयो,’ विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने– ‘बढी चलेका ब्रान्डका नाम चोरी गरिएका सामान बिक्री भएको पाइयो ।’

नक्कली कस्मेटिक्स सामानहरुको बिगबिगी बारेको यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर