newskoseli.Com

घरवाला सांसदले थापेको सरकारी डेरा भाडा : कसैले फिर्ता गरे, कोही परे ‘आश्चर्य’ मा !

राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसदहरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् ।

नेकपाका सांसद योगेश भट्टराई र पम्फा भुसालले विज्ञप्ति नै प्रकाशित गरेर फिर्ताको घोषणा गरेका छन् । संसद् सचिवालयका अनुसार आइतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफूले बुझेको घरभाडा फिर्ता गरेका छन् ।

‘अरु माननीय पनि ‘कति तिर्नुपर्ने हो ?’ भन्दै बुझ्न आउनुभएको छ’– सचिवालयका एक कर्मचारीले भने । सांसद् उमेश श्रेष्ठले घरभाडा लिने सांसदको सूचीमा नाम आएपछि आफू चिन्तित भएको बताएका छन् । संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै आफूले ललितपुरको झम्सिखेलमा घर भको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आफू आश्चर्यमा परेको उनले उल्लेख गरेका छन् ।

उनले महासचिवलाई लेखेको पत्रमा भनिएको छ– ‘मेरो नाममा घरभाडावापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु ।’

घरवाला सांसदले थापेको डेरा भाडाबारेको यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर