newskoseli.Com

स्थायी कमिटीको बैठक : ‘घन्टी बजाउने’ जिम्मा गृहमन्त्री बादललाई !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकको सुरुआत अध्यक्ष केपी शर्मा ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् ।

बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ लाई भने ‘घन्टी बजाउने’ जिम्मेवारी दिइएको छ । बैठकको व्यवस्थित सञ्चालनका क्रममा प्रतिवेदनमाथि सुझाव राख्ने नेताहरुलाई पौडेलले रोलक्रम अनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादलले घन्टी बजाउने जिम्मा पाएका हुन् ।

‘प्रत्येक नेतालाई २० मिनेटसम्म बोल्न समय दिइएकाले बादलजीले हरेकको पालामा १५ मिनेट सकिएपछि पहिलो जनाउ घन्टी र २० मिनेट सकिएपछि समपान घन्टी बजाउनुभयो’– स्थायी कमिटीका एक सदस्यले भनेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर