newskoseli.Com

वैद्यको प्रष्टोक्ति : ‘विप्लवसहितका सच्चा कम्युनिस्टहरुसँग छिट्टै एकता’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले छिट्टै नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग एकता हुने जनाएका छन् ।

पार्टी एकताबारे नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसँग गम्भीर छलफल भइरहेको जानकारी महासचिव किरणले दिए ।

दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै महासचिव वैद्यले भने– ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले म यसै अभियानमा गम्भीर भएर लागिरहेको छु । यसका लागि विप्लव, किराँती, मोहनविक्रमलगायतले नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरुसँग गम्भीर छलफल भइरहेको छ । मलाई विश्वास छ, सच्चा कम्युनिस्टहरुबीच छिट्टै एकता हुन्छ ।’

वर्तमान संविधान र राज्य व्यवस्थालाई अस्वीकार गरेका कम्युनिस्टहरुबीच एकता प्रयासबारेको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर