राष्ट्रियसभाकी उपाध्यक्षसहित प्रतिनिधिसभा र सात वटै प्रदेशका उपसभामुखले आफूहरुलाई पद दिइए पनि अधिकार नदिएर मूर्तिजस्तो बनाइएको गुनासो गरेका छन् ।
सोमबार सिंहदरबारमा भएको एक भेलामा गुनासो गर्दै आफूहरु लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोप उनीहरुले लगाए ।
प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।