newskoseli.Com

पूर्वएमाले गरम, पूर्वमाओवादी नरम : नेतृत्व र प्रधानमन्त्रीको आलोचना…

स्थायी कमिटीको बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले पार्टी नेतृत्व र विशेषतः प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् ।

आलोचना गर्नेमा पूर्वएमाले पृष्ठभूमिका नेताहरु निकै आक्रामक देखिएको र पूर्वमाओवादी पृष्ठभूमिका नेता सापेक्षित रुपले नरम देखिएको स्थायी कमिटीका सदस्यहरुले बताएका छन् ।

सोमबारको बैठकमा यसअघि नै फरक मत राखेका नेता वामदेव गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुसाल र शक्ति बस्नेतले बोले ।

‘पार्टी नेतृत्व र प्रधानमन्त्री तथा मन्त्रीहरुका काम–कारबाहीबारे तत्कालीन एमालेका नेताहरु कडा रुपमा प्रस्तुत भए, पूर्वमाओवादीतिरका नेताको टिप्पणी अलिक नरम सुनियो’– स्थायी कमिटीका एक सदस्यले भनेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर