newskoseli.Com

स्थायी कमिटीमा रावलका प्रश्नैप्रश्न : ‘एकताकै नाममा धेरैलार्इ लखेटियो’ !

नेकपा स्थायी समितिको बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप–प्रत्यारोपमै उत्रिए । प्रभावशाली ठानिएका नेताहरूले नै दुई पार्टीबीच भएको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।

स्थायी समितिका सदस्य भीम रावलले बैठकमा ३५ बुँदे फरक धारणा लिखित रूपमा राखे । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै उनले आलोचना गरे ।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भए पनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे । ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालयले कि पूर्ण कमिटीले कि महाधिवेशनले ? यो कुनै व्यक्तिको इच्छाअनुसार हुने हो र ? प्रतिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने ? कुन निकायले निर्धारण गर्ने ?’ लिखित धारणामार्फत रावलले प्रश्न गरे ।

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुको औचित्यबारे पनि पार्टी नेतृत्वलाई रावलले प्रश्न गरे। ‘आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई ढृढतापूर्वक कार्यान्वयनन गर्ने बाटोमा हिँडनु पर्नेमा विपरीत सिद्धान्त बोेकेको पार्टीलाई सरकारमा ल्याउने कुरा कसरी आयो ?’ रावलले थप प्रश्न गरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर