newskoseli.Com

योगेश, शंकर र रावलले के–के भने स्थायी कमिटीमा ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी कमिटीको बैठकमा सोमबार र मंगलबार बोल्ने सदस्यहरुले पनि मूलतः असन्तुष्टि नै जाहेर गरेका छन् ।

सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न उनीहरूले माग गरेका छन् । मंगलबार बोलेका तीन प्रभावशाली नेताहरु– भीम रावल, योगेश भट्टराई र शंकर पोखरेलले मूलतः के–के भने ?

भीम रावलः विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पुर्‍याएको देखिएको छ ।

योगेश भट्टराईः युद्धका आधारमा पार्टी चलाइँदा ‘कसैलाई जिम्मेवारीको खातैखात र कसैलार्इ छिँडीमुनिको बास’ भनेजस्तो भएको छ ।

शंकर पोखरेलः बरु मलाई मुख्यमन्त्री पद चाहिएन तर पार्टीको जिम्मेवारीबाट पछि हट्दिनँ ।

नेकपाको बैठकमा बोल्ने नेताहरुका अभिव्यक्तिको सारांशसम्बन्धी यो खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर