newskoseli.Com

भेट्टाएको नागरिकता दुरूपयोगबाट ६८ करोड ठगी !

बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।

ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत २ अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् ।

‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आवद्ध सीआईबीका एक अधिकारीले भने– ‘छानविनमा तानिएमा आफूहरु जोगिने उद्देश्य उनीहरुको देखिन्छ ।’

एउटा बेग्लैखाले ठगीको यो समाचार बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर