newskoseli.Com

अमेरिकाबाट ७ अर्बको हतियार किन्ने सरकारको तयारी

यस वर्ष सेनाका लागि ६ अर्ब ९० करोड बराबरको हतियार खरिद गर्ने तयारी छ ।

सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम– १६ हतियार र अन्य हतियार एवं गोलीगठ्ठा खरिदको तयारी भैरहेको हो ।

ती हतियार भारतबाट खरिद हुने छैनन् । व्यक्तिगत हतियारको नाम उल्लेख छैन तर ३ अर्ब ४५ करोड ४ लाख रुपैयाँ त्यसका लागि छुट्याइएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम– १६ सिरिजका हतियार खरिदका लागि २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ बजेट बिनियोजन भएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर