newskoseli.Com

सभामुख महरा समेत आफैं बुझ्छन् स्वकीय सचिवको तलब

संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारी समेतको तलब–भत्ता आफैंले बुझ्ने गरेको पाइएको छ ।

ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलब–भत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । कर्मचारीको तलब–भत्तावापत महरा र तिमल्सिनाको खातामा संसद् सचिवालयले जनही मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जम्मा गर्ने गरेको छ ।

‘संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनु पर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक रकम जम्मा गरिदिने गरेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर