newskoseli.Com

बलात्कारपछि हत्या गर्नेलाई बाँचुन्जेल कैद

मुलुकी अपराध संहिता (ऐन), २०७४ लागू भएपछि मुलुकमै पहिलो पल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद गर्ने फैसला सुनाएको छ ।

कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले बुधबार यस्तो सजाय सुनाएको हो । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो ।

संहिताको दफा ४१ ले गरेको व्यवस्था बमोजिम सजाय निर्धारण भएको अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले बताएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर