newskoseli.Com

‘मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई’

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘स्वदेशी ठेकेदार’ लाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् ।

जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरुको छ ।

हाइड्रो पावरको काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले बताए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने– ‘अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न, छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो काम सम्पन्न गर्नुपर्छ ।’

मेलम्ची खानेपानी आयोजनामा फेरि बल्झेको समस्या र समाधान बारेको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर