newskoseli.Com

चोरेको पैसा खर्च गर्दै विदेशीसँग यौनप्यास मेटाउँदै : ‘पाकेटमारा’ को दिनचर्या !

राजधानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये केहीमाथि प्रहरीले गरेको अनुसन्धानबाट कतिपय रोचक तथ्य फेला परेका छन् । पक्राउ परेका ७७ जना परिसरको हिरासतमा रहेको परिसरकार प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

‘पक्राउ परेकामध्ये एउटा पाकेटमाराको उठबस विदेशी महिलासँग देखियो र उनले चोरीको पैसा तिनै विदेशी महिलासँग यौनप्यास मेटाउनमै खर्च गरेको भेटियो,’ परिसर प्रमुख लामाले भने– ‘पाकेट मारेको पैसा खर्च गर्दै राति राजधानीकै नाम चलेका होटलमा गएर विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’

राजधानीमा सक्रिय ‘अनौठा’ पाकेटमाराहरु बारेको यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर