newskoseli.Com

बौद्ध स्तुपामा किन पारियो प्वालैप्वाल ? त्यो पनि स्वीकृतिविनै !

विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपामा ‘बिजुली राख्न’ भन्दै मेलम्ची घ्याङ गुठीले अतिक्रमण गरेको छ ।

मापदण्ड विपरीत र विनास्वीकृति बौद्ध स्तुपामा गुठीले जथाभावी प्वाल खोपेपछि सरोकारवालाहरुले विरोध गरेका छन् ।

पुरातत्त्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफूखुसी बत्ती हाल्नलाई प्वाल पारेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए । ‘बत्ती राख्न भन्दै स्तुपामा हजारौं प्वाला पार्दा स्तुपा कुरुप भएको छ’– उनले भने ।

लामाका अनुसार सो गैरकानुनी कामविरुद्ध आइतबार नै पुरातात्त्व विभाग र संस्कृति मन्त्रालयमा उजुरी हालिसकिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर