newskoseli.Com

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको विषयमा परेको मुद्दामा उनलाई तीन महिनाभित्र काममा लगाउन सर्वोच्च अदालतले दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओली समेतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।

दर्ता नम्बर ०७५–एपी–०२६९ मा मंसिर २६ मा दर्ता भएको अवहेलना मुद्धा पुस १ मै पेसीमा चढ्दा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट फैसला सहितको मिसिल झिकाउने आदेश भएको खबरर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर