newskoseli.Com

सांसद र नागरिकबीच क्यान्टिनमा पनि विभेद !

संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लाबेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ ।

बुधबारदेखि चल्ने संसद् बैठकका क्रममा सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चिया–खाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो । संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिजालका अनुसार क्यान्टिनलाई व्यवस्थित गर्न छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको हो ।

‘सांसदहरूले पटक–पटक गुनासो गरेपछि नयाँ व्यवस्था गरिएको हो,’ रिजालले भने– ‘क्यान्टिनलाई २ भागमा विभाजन गरिएको छ, पूर्वपट्टि सांसदहरूका लागि छुट्याइएको छ भने पश्चिमपट्टि अन्यलाई व्यवस्था गरिएको छ ।’

खुला रहेको क्यान्टिनलाई हावाहुरी र पानी आउँदा पनि सुरक्षित हुने गरी व्यवस्थित गरिएको रिजालले बताए । आन्तरिक सेवा तथा योजना शाखाले गरेका यी कामबाहेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले टायल बिछ्याउने र मिलाउने काम पनि गरेको छ । सम्मेलन केन्द्र सहरी विकास मन्त्रालय अन्तर्गत रहेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर