newskoseli.Com

निर्मला हत्या प्रकरण : थप १८ प्रहरीमाथि कारबाही, अपराधी अझै अज्ञात

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरबाही गर्ने थप १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ ।

एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा उनीहरुमाथि विभागीय कारबाही सुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डीएसपी, तीन इन्स्पेक्टर, चार सई, तीन हवल्दार र पाँच जवानविरुद्ध कारबाही सुरु गरेको हो ।

छानविन समितिले १८ जना प्रहरीकै गल्ती प्रस्ट रुपमा औंल्याएको छ । तर, सरकारले अपसाधी पत्ता लगाइसकेको र छिट्टै सार्वजनिक गर्ने दावी गरिरहेको भए तापनि अझै अपराधी पत्ता नलागेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर